देवकोटाको जन्मशताब्दी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको सतवाषिर्कीका अवसरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा वक्ताहरूले राज्यले सतवाषिर्कीका लागि विनियोजन गरेको बजेटको सदुपयोग गर्न माग गरेका छन् ।
कार्यक्रममा साहित्यकार दाहाल यज्ञनिधिले आफ्नो अवधारणा-पत्र मार्फ् प्रतिगामी खेमाका व्यक्तिहरूको सक्रियतामा आयोजना हुने कार्यक्रममा त्यस्तो रकम खर्च नगर्न, उन्नत र मौलिक प्रकिृतिको कामलाई साथ दिन प्रस्ताव गर्नुभयो । साहित्कार एवं सभासद् आहुतिले आन्दोलनमा प्रतिवद्ध रहेका संस्था र स्रष्टाहरूको सल्लाहमा राज्यले कार्यक्रम निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो । उक्त भनाइमा नेपाली काँग्रेसका सचेतक शोभाकर पराजुली र एमालेका सभासद् सावित्रा भूषालले र्समर्थन जनाउनुभयो । भेलामा यस्ता विषयमा गणतान्त्रिक स्रष्टाहरूबीच बृहद् छलफल गर्न पहल गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दिनुभयो ।
यसैबीच, उक्त भेलाको म्याण्डेटअनुसार सभासद् तथा साहित्यकार सहितको एक टोलीले संस्कृति तथा राज्यपर्ुनर्संरचना मन्त्री गोपाल किरा“तीलाई भेटी देवकोटाको सतवाषिर्की कार्यक्रमलाई राष्ट्रियरूपमा सफल बनाउन लोकतान्त्रिक स्रष्टाहरूको मागअनुसार अगाडि बढ्न सुझाव दिएको छ । त्यस अवसरमा मन्त्री किराँतीले आफू त्यसप्रति सचेत रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । टोलीले एकेडेमीहरूको गठनमा समावेशी, लोकतान्त्रिक र प्राज्ञिक तथा विवादरहित व्यक्तिको छनोट हुनर्ुपर्ने राय पनि दिएको छ । प्रतिनिधिमण्डलको अगुवाइ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार हरिगोविन्द लुइँटेलले गर्नुभएको थियो । |